सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । आज सुनको भाउमा सामान्य वृद्धि भएको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सयले वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ । 
 
जसअनुसार आज सुन प्रति तोला एक सय रुपैयाँले वृद्धि भएर एक लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार गत शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।साथै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।