स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन सुरु
स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल पिएचडी एशोसियसनको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आजदेखि सुरु भएको उक्त सम्मेलनका वक्ताहरूले व्यवस्थित सहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीति नियम र विभिन्न देशमा भएका अभ्यासका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले स्मार्ट सहर निर्माण गर्दा आवश्यक पूर्वाधार, यातायात, वातावरण, प्रदूषणलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले स्मार्ट सिटीमा हावा, पानी, सौर्य ऊर्जालगायतलाई समेट्नुपर्ने धारणा राखे ।



थर्ड पोल 