सिमलताल बस दुर्घटनाः थप एकजनाको सनाखत

सिमलताल बस दुर्घटनाः थप एकजनाको सनाखत

काठमाडौं । सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका–१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो ।  मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।