सरकारले कहिल्यै दलहरूलाई अवमूल्यन गरेको छैन : कानुनमन्त्री सिन्हा
अन्तरिम सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उहाँले यस्तो दाबी गरेका हुन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरूसँगको पटक पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरूसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पारे ।
सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभूति गरिरहेको उनको भनाई थियो । मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिए पनि असन्तुष्ट पक्षको सुनुवाइ गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाएजस्तो देखिएको पनि तर्क गरे ।



थर्ड पोल 