संस्थागत सुशासनले व्यवसाय तथा संस्थामा हुने असल शासनलाई बुझाउने बताउदै; बिश्व राज बज्राचार्य
असोज १७
संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै सम्पूर्ण उद्योग व्यवसायी एवम आम उपभोक्तहरुले महशुस गर्ने गरी यसमा लागि पर्ने, ललितपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका विजयी दावेदार बिश्व राज बज्रचार्य समूहले बताएको छ ।
हालै भएको–“संस्थागत सुशासन,आजको आवश्यकता”–विषयक छलफल कार्यक्रममा सहभागि हुदै बिश्व राज बज्राचार्य समूहका उम्मेदवारहरुले संस्थागत सुशासनको प्रणालीलाई कुनै पनि संस्थाको मुटुका रूपमा लिइने हुनाले यो आफ्नो प्राथमिकतामा रहेको जनाएका हुन् ।
कार्यक्रममा बिश्व राज बज्राचार्य समूहका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका बिश्व राज बज्राचार्यले संस्थागत सुशासनले व्यवसाय तथा संस्थामा हुने असल शासनलाई बुझाउने बताउदै विकेन्द्रीकरण, जनसहभागिता, पारदर्शीता, जवाफदेहिता जस्ता कुराहरुलाई यसले सम्बोधन गर्ने उल्लेख गर्नु भयो ।
संस्थागत सुशासनले संस्थामा हुने कृयाकलापलाई कुनै पनि अवरोधबिना उचित ढंगले संचालन गर्न मद्दत गर्ने पनि बज्राचार्यको भनाई रहेको छ ।
संघको निर्वाचन नजिकिदै गर्दा मतदाता सदस्यहरुलाई आफ्ना प्रतिबद्धताहरु बुझाउन व्यस्त बज्राचार्य समूहले जारी गरेको १५ बुँदे प्रतिबद्धतामा पनि सुशासनको कुरालाई समेटेको छ ।
जारी प्रतिबद्धताको ३ नम्बरमा भनिएको छ–“संस्थागत सुशासनमा जोड दिदै कुनै पनि खाले भ्रष्टाचार जस्तैः ढिला सुस्ती, अनियमितता, नितीगत एवम आचराणत्मक ९एयष्तिष्अब ७ भ्तजष्अब० भ्रष्टाचार आदिलाई निर्मूल पार्न शून्य सहनशिलता ९श्भचय त्यभिचबलअभ० नीति अपनाई व्यापार व्यवसायको क्षेत्रमा ललितपुर उद्योग वाणिज्य संघलाई उपभोक्ता माझ विश्वासीलो र पारदर्शी संस्थाका रुपमा स्थापित गर्ने ।”
ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारण सभा तथा अधिवेशन यहि आउँदो असोज १९ र २० गते हुदै छ ।
थर्ड पोल 