सिंहदरबारभित्रको फोहोर नउठाएपछि महानगरबिरुद्ध सर्वोच्च रिट दायर
1.
काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएपछि महानगरबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा वातावरण संरक्षण क्षेत्रका अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगर विरुद्ध सर्वोच्चमा आज रित दर्ता गराएका हुन्।
उनले सोमबार रिट दर्ता गर्दै सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको समेत उल्लेख गरे।
यसअघि प्रमुख बालेन साहले आफुहरुको माग संघिय सरकारले सम्बोधन नगरेको भन्दै फोहोर व्यवस्थापन समितिलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका थिए। अहिले उक्त निर्देशनपछि ८ दिन भइसक्दापनि सिंहदरबारभित्रको फोहोर उठेको छैन।
थर्ड पोल 