सिंहदरबारस्थित टुकुचा खोलामा थुप्रिएको फोहोर र ढल
काठमाडौं । सिंहदरबारको मूल गेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य कालो देदो जस्तै ढल र फोहोरको थुप्रो देखिन्छ। यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीको एक ज्वलन्त उदाहरण हो ।
बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।
थर्ड पोल 