सोह्र श्राद्ध समापन : पशुपतिनाथमा श्रद्धालुको भिड

सोह्र श्राद्ध समापन : पशुपतिनाथमा श्रद्धालुको भिड

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ। 

सोह्र श्राद्धको अन्तिम दिन शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती किनार लगायतका तीर्थस्थलहरूमा पितृहरूको सम्झनामा तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुहरूको भिड लागेको छ। 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण औँसीका दिनसम्म दिवंगत पितृका नाममा तर्पण र पिण्डदान गरिने भएकाले यसलाई पितृ पक्ष भनिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाको बाको श्राद्ध भने आइतबार गरिन्छ।