हालसम्म ११ लघुवित्त वित्तीय संस्थाले गरे लाभांश घोषणा

हालसम्म ११ लघुवित्त वित्तीय संस्थाले गरे लाभांश घोषणा


काठमाडौं ।आर्थिक वर्ष २०७९–८० को लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये ११ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

यी हुन् लाभांश घोषणा गरेका लघुवित्तहरु
अहिलेसम्म सबैभन्दा बढी लाभांश घोषणाा गर्ने लघुवित्तमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ । यस लघुवित्तले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्ट लघुवित्तले कम्पनीकोे कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६८२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश वितरण गर्ने भएको हो ।

ग्लोबल आइएमई लघुवित्तले यस आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल ५ दशलमव ७०७६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये ५ दशलमव ४२२२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने ० दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

साना किसान विकास लघुवित्तले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको । जसमा १४ दशमलव २५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनार्थका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ७ दशलमव ५० प्रतिशत बोनश शेयर र ७ दशलमव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

धौलागिरी लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये १४ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

। यी कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीहरुको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूले प्राप्त गर्ने छन् ।