२५ प्रतिशत लाभांश वितरण गर्दै हिमालयन डिस्टिलरी

२५ प्रतिशत लाभांश वितरण गर्दै हिमालयन डिस्टिलरी


काठमाडौं । हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न पुस २५ गते साधारणसभा डाकेको हो। कम्पनीले २३औं वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ।

अघिल्लो वर्ष कम्पनीले ७० प्रतिशत लाभांश दिएको थियो। जसमध्ये ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो। त्यो अनुपातमा निक्कै कम लाभांश घोषणा गरेकाले कम्पनीको सेयर मूल्य ओरालो लाग्न थालेको छ।

कम्पनीले नगदबापत ३६ करोड ४४ लाख रुपैयाँ बाँड्ने छ। बोनस सेयरपछि चुक्ता पुँजी २४ करोड २९ लाख रुपैयाँले वृद्धि हुने छ।