आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक हुँदै

आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक हुँदै


काठमाडौं, १५ जेठ । आर्थिक बर्ष २०८०–८१ को बजेट आज सार्वजनिक हुँदैछ । संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाएको छ । ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.ब २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । यो संवैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।