क्रेनले ठक्कर दिँदा विद्यालय हिँडेकी छात्राको घटनास्थलमानै ज्यान गयो

क्रेनले ठक्कर दिँदा विद्यालय हिँडेकी छात्राको घटनास्थलमानै ज्यान गयो

सर्लाहीको बाग्मती नगरपालिका ७ राजघाटमा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी छात्राको ज्यान गएको छ । नव जनजागरण मावि कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिँदा घटनास्थलमानै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

साइकल चढेर विद्यालय जाँदै गरेकी छात्रालाई बिजुलीको पोल गाड्ने क्रेनले आज दिउँसो ठक्कर दिएको हो । ठक्कर दिने क्रेनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर  जलाइदिएका छन् ।

घटनापछि क्रेनका चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।