अर्जुनधारामा जारी प्रथम वडा स्तरीय T-20 क्रिकेटमा आज पनि २ खेल हुँदै

अर्जुनधारामा जारी प्रथम वडा स्तरीय T-20 क्रिकेटमा आज पनि २ खेल हुँदै

झापाको अर्जुनधारा नगरपालिकामा प्रथम वडा स्तरीय टिटवेन्टी नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ। बुधबारबाट सुरु भएको प्रतियोगिता को पहिलो दिनको खेलमा वडा नम्बर २ र वडा नम्बर ३ विजय भएका छन्।

पहिलो दिन भएको दुईवटा खेलमा वडा नम्बर २ ले वडा नम्बर ११ र वडा नम्बर ३ ले वडा नम्बर १०लाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।

नगर खेलकुद विकास समिति अर्जुनधाराको आयोजनामा सुरु भएको प्रतियोगितामा आज पनि दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ७सँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै आजै हुने दोस्रो खेलमा वडा नम्बर ८ले वडा नम्बर ५ सँग प्रतिस्पर्धा गर्नेछ।
अर्जुनधारा ७ स्थित अर्जुनधारा रङ्गशालामा भइरहेको प्रतियोगिताको बुधबार। अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खडगमाया पराजुलीले उद्घाटन गर्नुभएको थियो। अर्जुनधारा नगरपालिकामा वडास्तरमा रहेका खेलाडीहरूको पहिचान गरी अर्जुनधारा नगरपालिकाको स्तरीय क्रिकेट टिम निर्माणका लागि प्रतियोगिता सञ्चालन गरिएको अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिनुभयो ।
चैत्र २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।