“आजका नारी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

“आजका नारी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

International Women’s Day को अवसर पारेर “आजका नारी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
A One Television HD को सम्पर्क कार्यालय, Bagbazar मा आयोजित उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा सञ्चारकर्मी तथा चेतनशील समाज निर्माणका प्रशिक्षक भागिरथ कुमार पोखरेल, समाजसेवी आशा दाहाल तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ग्लोब इन्टरनेशनल की विजेता रिमा भट्टराई को उपस्थिति रहेको थियो।
कार्यक्रममा महिला सशक्तिकरण, नेतृत्व विकास तथा समाजमा महिलाको भूमिकाबारे विभिन्न वक्ताहरूले आफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रममा माहुरीपालन तथा शुद्ध मह व्यवसायी सरिता भट्टराई, समाजसेवी युवा मल्ल ठकुरी, गार्मेन्ट व्यवसायी मैना खड्का, लायन्स क्लब अफ प्याराडाइज का अध्यक्ष सुदिप केसी, समाजसेवी दीपा तिमिल्सिना, महिला नेतृ उमा भट्टराई तथा योग गुरु बिनु केसी लगायतका व्यक्तित्वहरूले महिला सशक्तिकरणको महत्वबारे विशेष मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको व्यवस्थापन शिरीष रिमाल ले गर्नुभएको थियो।
वक्ताहरूले आजको समय महिलाहरू शिक्षा, व्यवसाय, नेतृत्व र सामाजिक क्षेत्रमा उल्लेखनीय रूपमा अघि बढिरहेको उल्लेख गर्दै समान अवसर, सम्मान र अधिकार सुनिश्चित गर्न समाजका सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरूलाई सम्मान पनि गरिएको थियो।
उक्त कार्यक्रम भाषण कला तालिम केन्द्र काठमाडौ, एवान टेलिभिजन,नेपाल एवान पोष्ट, एवान मिडिया ग्रुप तथा मिस ग्लोब इन्टरनेशनल रिमा भट्टराई को संयुक्त आयोजनामा सम्पन्न भएको आयोजकले जनाएको छ।