आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न सांसद घर्तीको माग

आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न सांसद घर्तीको माग

काठमाडौं, २४ जेठ । आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद  ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेकी हुन् ।

दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए ।