एसीसी प्रिमियर कप सुरु हुन अब मात्र २ दिन बाँकी: यस्तो छ कार्यतालिका
1.
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी मेन्स प्रिमियर कप खेल्ने १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम सार्वजनिक गरेको छ। एशिया कपमा स्थान बनाउने लक्ष्य लिँदै एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम सार्वजनिक गरिएको हो।
रोहित पौडेलको कप्तानीमा आइतबार घोषित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी छन्। साथै वैकल्पिक तर्फ अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो रहका छन्।
यहि वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहने छ। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन पद्धतिबाट सेमिफाइनलिस्टको टुङ्गो लगाइने नेपाल क्रिकेट संघले जानाएको छ। समूह एमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब परेका छन्। यस्तै, समूह बीमा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
यस्तैगरी नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्ने छ। यस्तै, दोस्रो ८ गते ओमान, तेस्रो ११ साउदी अरबसँग र १४ गते कतारसँग खेल्ने छ। जुन साउदी अरब र नेपालबीचको खेल मुलपानी मैदानमा हुनेछ।
संघको अनुसार प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा रहेर खेल्न पाउने छ। यही प्रतियोगिताका शीर्ष तीन टिमले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने जनाइएको छ।
थर्ड पोल 