ट्याक्टरको ट्रेलरबाट खसेर मकवानपुरमा एक जनाको मृत्यु

1.

मकवानपुरमा ट्याक्टरको ट्रेलरबाट खसेर एक जनाको मृत्यु भएको छ।  मकवानपुरको राक्सिराङ गाँउपालिका ६ खर्कन्टेमा  गएराती ट्याक्टरको ट्रेलरबाट खसेका १ जनाको मृत्यु भएको हो।  

मृत्यु हुनेमा स्थानिय ३३ बर्षीय काजीमान प्रजा रहेका छन् ।  ना।६।त ५२ १८ नम्बरको ट्रयाक्टर  चितवनको राप्ती नागरपालिका ११ फकलटारबाट सिमेन्ट लोड गरि मकवानपुरको राक्सिराङ गाँउपालिका ६ किलिंके तर्फ जाँदै थियो।  उक्त ट्रयाक्टर गएराती १ बजे लोथर खोला आइपुगेपछि उनि पनि सोहि ट्रयाक्टरको ट्रेलरमा चढेका थिए।  तर उनको खुट्टा अचानक चिप्लियो।  

यस्तै अचानक ट्रयाक्टरको टेलरबाट चिप्ली लडी घाईते भएका प्रजाको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा आज बिहान पौने ९ बजे मृत्यु भएको हो।  

अहिले ट्रयाक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।