दसैंमा उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन चल्ने

दसैंमा उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन चल्ने

दसैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र तीन दिनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

दसैंका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज बनाउन दुई वटा बस सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बस सेवा आजदेखि लगातार तीन दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ।

पहिलो बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट निस्केर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा जानेछ।

त्यस्तै, दोस्रो बस प्रधान कार्यालयबाटै निस्केर सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सञ्चालन हुनेछ।