वडाध्यक्षमा फरक-फरक पार्टीबाट दाजुभाइ भिड्दै

वडाध्यक्षमा फरक-फरक पार्टीबाट दाजुभाइ भिड्दै

नेपालगञ्ज उपमहानगरपालिकाको वडा १ मा वडाध्यक्षका लागि एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन्। उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्।

उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका हुन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। उनी हाल तरुण दल बाँकेको सचिव छन्।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन्। उनी उपमहानगरपालिकाको प्रवक्तासमेत थिए। वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए।