ओखलढुंगामा जीप दुर्घटना, दुई प्रहरीको मृत्यु

ओखलढुंगामा जीप दुर्घटना, दुई प्रहरीको मृत्यु

मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेका प्रहरीहरु रहेको जनाइएको छ ।

घटनाको पूर्ण विवरण आउन समय लाग्ने घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले बताए । उनले आफू उद्धार कार्यमा व्यस्त रहेकोले बाँकी विवरण आउन समय लाग्ने बताए ।