नेकपा एक्लै चुनावमा जान्छ, कसैसँग गठबन्धन गर्दैन- प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन्।
भारत जानुअघि संयोजक प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। यद्यपि त्यो छलफलमा गठबन्धन गर्नेबारे कुराकानी नभएको उनले बताएका छन्।
'गठबन्धनको केही पनि कुरा भएको छैन। घेटघाट त विभिन्न कामका लागि हुन्छ तर कुनै गठबन्धन भएको छैन, हुदैन पनि,' उनले भने।
उनले नेकपा एक्लै चुनावमा जाने बताए।



थर्ड पोल 