नवनियुक्त उर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिँदछन् । आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए, जसको ५ दिन पछि आज पद तथा गोपनीयताको सपथ हुन लागेको हो । गत १९ बैशाखमा पद तथा गोपनियताको सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो । जो अब हुन लागेको हो ।
गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तीमा परे पछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।



थर्ड पोल 