प्रधानमन्त्रीले बोलाए सत्तागठबन्धनको बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न सत्तागठबन्धनको शीर्ष बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको काँग्रेसका एक नेताले जानकारी दिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।
केन्द्रबाट गठबन्धनको सैद्धान्तिक निर्णय भएसँगै विभिन्न जिल्लामा सत्ता गठबन्धनले संयन्त्र बनाएर तालमेलको तयारी गरिरहेका छन् ।
