महेश बस्नेतले भने – “बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन”
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गरेका छन् । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न उर्दी जारी गरेको भन्दै उनले सरकारप्रति आक्रोश पोखेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले “शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर” भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नाङ्गो बनाएको छ। उनकै दलका सभापति रवि लामिछानेले “सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठुलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त ?'
थर्ड पोल 