संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ ग्रहण आज

संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ ग्रहण आज

काठमाडौं, २४ बैशाख । संघीय संसद अन्र्तगतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिँदै छन् ।संघीय संसद सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त सपथ समारोह कृषी समितिको हल, सिंहदरबारमा हुनेछ ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिबमा डा.सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद सचिवालयमा सहसचिब पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गरेका हुन । उनीहरु दुबैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिब पदमा नियुक्त भएका हुन ।