निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ : अध्यक्ष ढकाल

निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

बिहीबार संसद भवनमा बोल्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर भन्दै महासंघले दिएका सुझावहरु बजेटमा समेटिएको बताए ।

उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुदैँन् । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ ।’