हजुरबुबासँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?

हजुरबुबासँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?

काठमाडौं । हालै अमेरिकाबाट नेपाल आएका हृदयेन्द्र शाह पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हुन् । उनै हृदयन्द्र पूर्वराजासँगै शनिबार नारायणहिटी पुगेका छन् । शनिबार आफ्नो हजुरबुवा पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष हृदयन्द्रले पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि ज्ञानेन्द्र उनलाई लिएर नारायणहिटी परिसरस्थित महेन्द्र मञ्जिल पुगेका हुन्।

पूर्वराजा सपरिवार बिहानै नारायणहिटी राजदरबार संग्रहालयस्थित ‘श्री चतुर्व्यूह नारायण धाम’ दर्शनका लागि पुगेका थिए। दर्शनपश्चात् उनीहरू महेन्द्र मञ्जिल पुगेको राप्रपाका नेता ऋषिराज देवकोटाले बताए ।  महेन्द्र मञ्जिलमा रत्नको बसोबास रहँदै आएको छ । रत्नकहाँ पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र युवराज हृदयेन्द्र सहितको परिवारको उपस्थिति रहेको थियो।