कमल थापा प्रहरी नियन्त्रणमा
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंस्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए।‘भिडलाई भड्काउन खोजेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अरू पनि नियन्त्रणमा छन्।’
नवराज सुवेदी नेतृत्वको ुसंयुक्त जनआन्दोलनु समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।
थर्ड पोल 