डोल्पाको दानिगढमा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार*

डोल्पाको दानिगढमा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार*

डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई हेलिकप्टरमार्फत हुम्लाको सिमिकोट ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताइन्

केही दिनदेखिको भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा भारतीय पर्यटकहरू फसेका थिए ।

आइतबार नै उनीहरूको उद्धार गर्ने तयारी गरिए पनि प्राविधिक समस्याका कारण सम्भव भएको थिएन । सुरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी गरिए पनि उड्ने समयमा प्राविधिक समस्या आएको थियो ।

त्यसपछि सिम्रिक एयरको हेलिकप्टर पठाउने तयारी गरिएको थियो । तर, आइतबार बेलुका साढे ४ बजे पुनः प्राविधिक समस्या देखिएपछि उद्धार रोकिएको थियो ।