आजको फलफूल तथा तरकारीको बजारः कुरीलो ३००, गोलभेँडा १२०

आजको फलफूल तथा तरकारीको बजारः कुरीलो ३००, गोलभेँडा १२०


काठमाडौं । आज आज आइतबार गोलभेडा ठूलो (नेपाली) १२० रुपैयाँ प्रतिकेजी रहेको छ । गोलभेडा सानो (लोकल) ५० रुपैयाँ र टनेलको ६० रुपैयाँ रहेको छ । आलु रातो न्युनतम मूल्य ५५ रुपैयाँ केजीको आलु रातो (भारतीय) ५३ रुपैयाँ आलु रातो (मुडे) ४८ रुपैयाँ र आलु सेतो केजीको ५० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ  । यस्तैगरी प्याज सुकेको (भारतीय) ९५ रुपैयाँ  तोकेको छ । 

बन्दा (लोकल) ३० रुपैयाँ प्रतिकेजी, काउली स्थानिय ५०, ज्यापु काउली ८० रुपैयाँ रहेको छ । यस्तैगरी मूला रातो ४०, मूला सेतो (लोकल) भने ३० रुपैयाँ रहेको छ । सेतो मूला (हाइब्रीड) ४० रुपैयाँ रहेको छ । 

यस्तैगरी भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो १०० रुपैयाँ, बोडी (तने) १३०, मकै बोडी केजी १०० रुपैयाँ, घिउ सिमी (लोकल) २२०, घिउ सिमी (राजमा) १७०, यस्तैगरी, टाटे सिमी १०० रुपैयाँ  रहेको छ । भटमासकोशा १२० रुपैयाँ, तितो करेला ८० रुपैयाँ औसत मूल्य रहेको छ । खुद्रा बजारमा यी तरकारीहरुको मूल्य केही बढि पर्न जानेछ । तपाई भिण्डी किन्दै हुनुहुन्छ भने १२० रुपैयाँसम्म पर्न सक्छ ।

त्यस्तै पिंडालू  १०० रुपैयाँ केजीको, स्कूस ८०, रायो साग १५०, तोरीको साग ६०, प्याज हरियो १५० च्याउ (कन्य) २५० रुपैयाँ डल्ले च्याउँ ४०० रुपैयाँ प्रतिकेजी रहेको विवरण छ ।  यस्तैगरी कुरीलो ३०० रुपैयाँसम्म पर्दछ ।