आजको फलफूल तथा तरकारीको बजार मूल्य, घट्यो आलु, प्याज र गोलभेडाको भाउ
काठमाडौं ।आज आलु, प्याज र गोलभेडाको मूल्य सामान्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघि प्रतिकेजी ५१ रुपैयाँ रहेको मुडेको रातोे आलुको भाउ घटेर आज ४९ रुपैयाँमा झरेको छ ।
यता, रातो आलुको भाउ भने सामान्य बढेर यसैगरी ५३ रुपैयाँ पुगेको छ । त्यस्तै, टनेल गोलभेडा प्रतिकेजी ४० रुपैयाँ ४० पैसा रहेकोमा आज घटेर ३९ रुपैयाँ २० पैसामा झरेको छ । यता, सुकेको प्याज प्रतिकेजी ६८ रुपैयाँ रहेकोमा आज घटेर ६२ रुपैयाँ कायम भएको मूल्यसूचीमा उल्लेख छ ।
थर्ड पोल 