आरएसडीसी लघुवित्तको घट्यो नाफा
खुद नाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ जसले गर्दा खुद नाफामा प्रभावित पारेको हो । खुद ब्याज आम्दानी १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । यसैगरी सञ्चालन नाफा १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा आएको छ र खराब कर्जा १.०१ प्रतिशतले बढेर १.८२ प्रतिशत पुगेको छ ।
आरएसडीसी लघुवित्तको पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ ।
थर्ड पोल 