उच्च अंकले घट्यो सेयर बजार

उच्च अंकले घट्यो सेयर बजार


काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । आज ३६.१५ अंकले घटेको सेयर बजार २१०५.७२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०५ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँको कारोबार भएको छ । यसदिन ५० वटा कम्पनीको सेयरमूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ ।