कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्छ, सरकार गिराउन लाग्दैन : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले नेतृत्व तहसँग बसेर प्रशस्त छलफल गरिसकेको र छलफलबाट अब २०८४ सालसम्म कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्ने समझदारी कायम गरिसकेको बताए ।
उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । परिस्थितिले प्रतिपक्षमा ल्याएको छ । केही दिनमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ र ०८४ सम्म शसक्त प्रतिपक्षमा बस्नेबारे औपचारिक निर्णय गर्दछ । नेतृत्वसँग त्यही समझदारी भइसकेको छ । ०८४ सम्म सरकार बनाउन, गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ ।’
उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको आरोप लगाए । उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको अभिव्यक्तिलाई कांग्रेसले गलत हो भन्न सक्नुपर्ने बताए ।
थर्ड पोल 