कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु

। कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान दाङ–कपिलवस्तु सीमा क्षेत्रमा पर्ने चोरखोलामा ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस एकआपसमा ठोक्किएका हुन् 

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक ३४ वर्षीय सुमन खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।