चुनावको मुखमै रास्वपा काठमाडौं-५ मा ठूलो पहिरो
चुनावको मुखमै रास्वपा काठमाडौं-५ मा ठूलो पहिरो गएको छ। उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको गम्भीर आरोप लगाउँदै संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। पूर्वउम्मेदवार प्रणय राणा कांग्रेस प्रवेश गरेलगत्तै पार्टीभित्र यो खैलाबैला मच्चिएको हो। सुशासनको नारा बोकेको दलमाथि प्रश्न उब्जिनुका साथै संगठन कमजोर बनेपछि, अघिल्लो चुनावमा विजयी कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई यसपटकको चुनावी यात्रा झनै सहज हुने विश्लेषण हुन थालेको छ।
थर्ड पोल 