डिआर कंगो र गिनी अफ्रिकन कपको क्वाटरफाइनलमा प्रवेश

डिआर कंगो र गिनी अफ्रिकन कपको क्वाटरफाइनलमा प्रवेश


काठमाडौं । डिआर कंगो र गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।गएराती सम्पन्न खेलमा डिआर कंगोले पेनाल्टी सुटआउटमा इजिप्टलाई ८–७ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा डिआर कंगोले ८–७ ले खेल जितेर क्वाटरफाइनलमा पुगेको हो ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा गिनीले इक्वेटोरियल गिनीलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।अब क्वाटरफाइनलमा गिनीको सामना डिआर कंगोसँग हुने भएको छ ।