नीति तथा कार्यक्रम प्रस्तुत, छलफलमा प्रधानमन्त्री चाहिने भन्दै पुनःविपक्षीको अवरोध
काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार भएपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ ।बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।
विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेर छलफल गरेका थिए ।सो छलफलको क्रममा प्रधानमन्त्री जवाफ दिन आउने छलफल भएपछि बैठक अघि बढेको एमाले सांसद ऐन महरले जानकारी दिए ।
‘हामीले प्रधानमन्त्रीज्यू बहसको प्रत्यूत्तर जवाफ दिन आउनेगरी हामीले आजको संसद् चल्न दिने जानकारी गराउन चाहन्छु,’ महरले भने ।उनको जानकारीपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा प्रस्तुत गरे ।यद्यपि सुरु भएको बैठक फेरि अवरोध भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने प्रधानमन्त्री शाहको उपस्थिति हुनैपर्ने जिकिर गरे ।
‘नीति तथा कार्यक्रमको सफलतामा त उहाँहरूको भविष्य छ । त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि के अप्ठेरो पर्यो ? कि क्रिपा गरेर रुलिङ हुुनुपर्छ,’ उनले भने ।प्रधानमन्त्री शाहलाई सम्मान गरेर नै टेबल गर्न दिएको र छलफलमा प्रधानमन्त्री शाह उपस्थित हुुनपर्ने कांग्रेस सांसद आङ्देम्बेको भनाइ छ ।
थर्ड पोल 