नेपाल सुपर लिग : झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । जारी लिगमा आज दुवै टोलीले सातौँ खेल खेल्दैछन् ।
आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ ।धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
आजको खेल जितेको खण्डमा धनगढी शीर्षस्थानमा उक्लिने छ । पोखरा १४ स्थानका साथ शीर्षस्थानमा छ ।यस्तै, झापा एफसी एकमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै ७ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
थर्ड पोल 