पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

नेपालमा पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज २ सय २० जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ३ सय ७६ जना सक्रिय संक्रमित रहेका छन्। 

हाल देशभरि २८ जना संक्रमित आइसियू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।