प्रि–ओपन सेसनमा ३.३७ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा ३.३७ अंकले बढ्यो नेप्से


काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले पुगेर बन्द भएको छ ।

यस सेसनमा ५५ कम्पनीका १२७ पटक भएको कारोबारमा १४ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा ३६ लाख ३९ हजार ८४२ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ६ वटाको घटेको छ भने ९ वटाको स्थिर रह्यो ।