फूडमाण्डूले सार्वजनिक गर्यो ‘न्यु इयर फिस्ट अफर’, ४० बढी रेष्टुरेन्टको मेनुमा ३०% सम्म छुट
काठमाडौं । फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यु इयर फिस्ट अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकहरूले हरेक दिन फरक(फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् ।
उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।उक्त अफर आगामी माघ १७ गतेसम्म लागू हुने छ । उक्त अफरबाट लाभ लिनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्नु पर्नेछ ।
थर्ड पोल 