बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ? 

बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ? 


काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ मूल्य तोकेको छ ।विगत तीन दिनसम्म सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसअघि सुन जेठ २५ गते तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८०५ रुपैयाँ रहेको चाँदी आज १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।