भिजिट भिसा प्रकरणः छानबिन समिति बनाउन कांग्रेस तयार नभएपछि रास्वपासँगको छलफल निष्कर्षविहीन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति बनाउन पनि अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छलफल निष्कर्षविहीन भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा। स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक विना निष्कर्ष सकिएको हो ।
प्रतिनिधिसभा बैठकमा जेठ १३ गतेदेखि जारी गतिरोध अन्त्यका लागि कांग्रेससँग रास्वपाले कम्तीमा पनि भिजिट भिसा सेटिङको छानबिन गर्न संसदीय समिति बनाउन पर्ने माग राखेको थियो । त्यो माग कांग्रेसले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
त्यस्तै भिजिट भिसा प्रकरणमा रास्वपाले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ । संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।
थर्ड पोल 