भरतपुर अस्पताल विकास समितिमा दुई सदस्य नियुक्त

भरतपुर अस्पताल विकास समितिमा दुई सदस्य नियुक्त

सङ्घीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी स्वास्थ्य संस्था भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।

मन्त्रीस्तरीय निर्णयअनुसार भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल तथा सदस्यहरूमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका हुन्।

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै व्यवस्थापन, विकास तथा सेवा विस्तारमा नयाँ समितिले आवश्यक भूमिका निर्वाह गर्ने बताइएको छ। नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवालाई गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।