भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

काठमाडौं, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिएका छन् । उनले बुधबार निधन भएकी सीता दाहाललाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिएका हुन् ।

ट्वीट गर्दै उनले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन् ।प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उनले ट्वीटरमा लेखेका छन्,श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।

उपचारका क्रममा बुधबार बिहा ८स्३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो । उनको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।