माथिल्लो तामाकोसी हाइड्रोपावरको सेयर लिलामी बिक्रीमा
काठमाडौं । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राखिएको छ । हकप्रदमा नबिकेको सेयर लिलामी बिक्रीमा राखिएको हो । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।
बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य नघट्नेगरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकले जनाएको छ ।
न्यूनतम १ सय कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ ।
थर्ड पोल 