राष्ट्रिय सभा अध्यक्ष निर्वाचनः आज मनोनयन दर्ता
काठमाडौं । सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।
राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ। सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ।
थर्ड पोल 