वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

 वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौति नगरपालिक–११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र  नवलपरासीपूर्व बौदीकाली गाउँपालिका–१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार र मंगलबार पक्राउ गरेको हो। गणशबहादुरलाई सोमबार सिनामंगल र शान्तिलाई बानियाटारबाट मंगलबार पक्राउ गरिएको हो । 

पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र शान्तिले हंगेरी पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट १७ लाख ५० हजार रुपैयाँ ठगेका थिए । रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।