शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो
शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार दोहोरो अंकले नै बजार घट्दा पनि साढे ३ अर्ब माथिको सेयर कारोबार भएको थियो । बुधबार भने कारोबार रकम २ अर्ब ५७ करोडमा रोकिएको छ ।
आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।